इन्धन बोकेको ट्रक विस्फोट हुँदा ७० को मृत्यु

२०८१ माघ ६, आईतवार

लागोस : मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ।

“अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामले एएफपीलाई टेलिफोनमा भने। सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १०ः०० बजे डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको बताए।

“अधिकांश पीडितहरू चिन्न नसकिने गरी जलेका थिए,” सुकुवामले भने। “हामी चीजहरू स्पष्ट गर्न घटनास्थलमा छौं।” गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ। एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार