काठमाडौंका यी क्षेत्रमा आज विद्युत अवरुद्ध हुने

२०८१ माघ १०, बिहीबार

काठमाडौं : काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कोटेश्वर फिडर (बानेश्वर) अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विद्युत् माघ ९ गतेदेखि १८ गतेसम्म अवरुद्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार