बहुमत चाहिए काँग्रेस-एमाले आधा-आधा सिट बाँडेर निर्वाचन लड्नुस् : हृदयेश त्रिपाठी

२०८१ माघ १०, बिहीबार

काठमाडौं : नेता हृदयेश त्रिपाठीले नेपाली काँग्रेस र नेकपा एमालेलाई आधा-आधा सिट बाँडेर निर्वाचन लड्न सुझाव दिएका छन् ।

बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले दुई दलीय व्यवस्था र बहुमत चाहिएको भए आधा-आधा सिट बाँडेर लड्दा बहुमत आउने बताए ।

उनले आन्दोलन गर्दा सात दल चाहिने तर अहिले दुई दलीय व्यवस्थातिर लैजाने कुरा सह्य नभएको बताए । काँग्रेस र एमालेले लोकप्रियता हाँसिल गरेको भए जनताले गत निर्वाचनमै बहुमत दिने बताए ।

उनले भने, ‘आन्दोलन गर्दा हामी ७ दल चाहिने, अनि अहिले दुई दलको कुरा गरेर हुन्छ ? बहुदलीय व्यवस्था वा प्रणाली जुन हामीले अपनाएका छौँ । नेकपा एमालेका जो नेता हुनुहुन्थ्यो मदन भण्डारी । उहाँको जनताको बहुदलीय जनवादकै विपरित हो दुई दलीय जनवाद । दुई दल भनेको काँग्रेस र एमाले उहाँले सोच्नुभएको होला । काँग्रेस र एमालेले यदी लोकप्रियता हाँसिल गरे भने त दुई दललाई बहुमत कसैलाई आइहाल्छ । अर्को निःशुल्क सल्लाह के छ भने यदी बहुमत नै ल्याउने हो भने आधा आधा सिट बाँडेर लडे भइगयो नि । त्यसको लागि संविधान संशोधन, नियमावली, कानून केही हेर्नैपर्दैन ।’

आफ्नो अकर्मण्यताको दोष प्रणालीलाई दिन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार