वडाध्यक्ष तामाङलाई ६ महिना कैद

२०८१ माघ १५, मंगलवार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ घुस मुद्दामा दोषी ठहरिएका छन्।

चार लाख घुस लिएको कसुरमा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरू न्यायाधीश रामबहादुर थापा र न्यायाधीश रितेन्द्र थापाको इजलासले तामाङलाई मंगलबार दोषी ठहर गरेको हो । इजलासले उनलाई ६ महिना कैद र चार लाख बिगो रकम माग गरेको छ । यही कसुरमा संलग्न ध्रुवबहादुर कडायतलाई पनि सोही सजाय सुनाएको हो ।

ललितपुर महानगरपालिका–२२ नख्खुस्थित पी थ्री प्रडक्ट्स तथा भिस्टा आइकनिक प्रडक्सन प्रालि नामक उद्योग वडा नम्बर २ बसुन्डोलमा ठाउँसारी गर्न र विद्युत जडान सिफारिसका लागि घुस माग गरेका थिए । रिसवत लिन कडायतले भूमिका खेलेको देखिएको थियो । दुई जनाले घुस माग गरेको व्यवसायीहरू उर्मिला पाण्डेय र साझेदार शेषनारायण अधिकारीबीच भएको वार्ता अडिओ र भिडिओ संवादको स्क्रिप्टबाट पनि पुष्टि भएको अदालतले जनाएको छ ।

दुई लाख रुपैयाँ नगद र दुई लाखको चेक लिएको देखिएको भन्दै अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार