अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

२०८१ माघ १६, बुधबार

काठमाडौं : अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन् ।

निवर्तमान उपाध्यक्ष केशव रावलका अनुसार सापकोटाले ६ सय ८६ मत प्राप्त गरेका छन् भने राईले ६ सय १५ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार