काठमाडौं : नेकपा (एमाले) का नेता महेश बस्नेतले एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छविलाल जोसी र रवि लामिछानेको बारेमा विभेदपूर्ण फैसला आएको बताएका छन्।
सोमबार राति सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपा सभापति रविलाई धरौटीमा छोड्ने आदेश दिइरहँदा छविलाई पुर्पक्षमा पठाउने आदेश आएको भन्दै यस्तो बताएका हुन्।
उनले लेखेका छन् – सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएछ। एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छविलाल जोसी र रवि लामिछानेको बारेमा विभेदपूर्ण फैसला आएको छ। रविलाई धरौटीमा छोड्ने आदेश दिइरहँदा छविलाई पूर्पक्षमा पठाउने आदेश आएको छ ।
यसबाट के बुझ्न सकिन्छ भने रविजीको आदेशमा न्यायाधीश ज्यूहरुले राम्रै दबाब सामना गर्नुपरेको रहेछ । स्वभाविकै जिल्ला अदालतले भन्दा उच्च र सर्वोच्चले दबाबको सामना गर्ने हिम्मत गर्छ। तसर्थ यो विभेदपूर्ण फैसलालाई उच्चले सच्याउने छ। सहकारीका ठगहरुलाई कठघरामा उभ्याउने छ र पीडितहरुलाई रकम फिर्ता गरेर न्याय दिलाउनेछ।






