नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

२०८१ माघ २९, मंगलवार

पूर्वी नवलपरासी : पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षीया अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदीमा हाम फालेका थिए । सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार पश्चात उनलाई उपचारका लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार