काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार दिउँसोसम्म इजरायली बन्धकहरूलाई हमासले फिर्ता नगरे गाजामा युद्धविराम अन्त्य गर्ने र कडा युद्ध सुरु गर्ने चेतावनी दिएका छन्।
हमासले अर्को सूचना नभएसम्म बन्धक मुक्त नगर्ने बताएपछि इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्ना सेनालाई उच्च सतर्कताका साथ गाजा भित्र र वरपर जम्मा हुन आदेश दिइसकेका छन्। नेतान्याहुले हमासको कब्जामा रहेका सबै ७६ बन्धकहरूलाई रिहा गर्न माग गरेका छन्।
हमासले इजरायलले तीन हप्ता अघि भएको युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ। अत्यावश्यक मानवीय सहायता अवरुद्ध गरेको हमासको भनाइ छ। इजरायलले भने हमासको दाबीलाई अस्वीकार गरेको छ।





