काठमाडौं : बिहीबार छापावाल सुनको २३ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले घटेर १ लाख ६९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १९ सय ६५ रूपैयाँ कायम भएको छ ।





