काठमाडौँ : साझा यातायातको ठक्करबाट काठमाडौँको जमलमा साइकलयात्रीको मृत्यु भएको छ ।
मंगलबार बिहान विश्वज्योति हल नजिकै बा५ख ८७६१ नम्बरको बसको ठक्करबाट घाइते भएका अम्बर बहादुर बोगटीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । मृतक ओखलढुंगाको रानीवन नगरपालिका–७ घर भएर डल्लु बस्दै आएका थिए ।
भोटाहिटीबाट त्रिचन्द्रतर्फ जाँदै गरेको साझा यातायातका चालक रामहरि नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।





