काठमाडौं : बिहीबार छापावाल सुन ५ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ७१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १९ सय ९५ रूपैयाँ कायम भएको छ ।





