काठमाडौं : कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका १० जनालाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले सार्वजनिक सूचना जारी गरी गैरहाजिर भएका प्रहरीहरुको नामठेगाना सार्वजनिक गरेको छ । र, उनीहरुलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित हाजिर हुन निर्देशन दिएको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।
गैरहाजिर हुनेहरुमा प्रहरी सहायक हबल्दार कृष्ण कार्की लगायत छन् । बागलुङको बागलुङ नगरपालिका ८ घर भएका कार्कीको दरबन्दी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा हो । तर उनी २०८१ पुस २९ गतेदेखि हाजिर भएका छैनन् ।






