कुमारी क्यापिटलको मोबाइल एप सार्वजनिक

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : कुमारी क्यापिटल लिमिटेडले आफ्नो नयाँ मोबाइल एप “कुमारी क्यापिटल” सार्वजनिक गरेको छ ।

उक्त एपले लगानीकर्ताहरूलाई कुमारी क्यापिटलका विभिन्न सेवाहरू सहज र पहुँचयोग्य बनाउनेछ। अब लगानीकर्ताहरू आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्नेछन्। एपको माध्यमबाट एसआइपि व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन समेत केही क्लिकमै सम्भव हुनेछ।

कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माकाअनुसार, यस एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्ताहरूलाई सहज र व्यवस्थित लगानीको अनुभव दिनेछ।

एपका प्रमुख विशेषताहरूः

एसआइपि व्यवस्थापन

डिम्याट खाता व्यवस्थापन

आईपीओ, एफपीओ, र हकप्रद शेयर आवेदन

छरितो र सुरक्षित उपयोगकर्ता अनुभव

कुमारी क्यापिटल मोबाइल एप गूगल प्ले र एप्पल एप स्टोरमा उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार