काठमाडौँ : म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान केही मिनेटको अन्तरमा लगातार दुईवटा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको मुरी केन्द्रबिन्दु भएर बिहान ९ बजेर २६ मिनेट जाँदा दोस्रो भूकम्प गएको हो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो ।
यसअघि बिहान ९ बजेर १८ मिनेट जाँदा जिल्लाको मुना केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ३.५ म्याग्निच्युड रहेको थियो । लगातारको भूकम्पीय गतिविधिका कारण स्थानीयहरू त्रसित बनेका छन् ।





