काठमाडौं : सरकारले ग्याल्पो ल्होसारका अवसरमा शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ।
सरकारी कार्यालयदेखि सङ्घसंस्थाका सेवा शुक्रबार बन्द रहनेछन् । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन्।
शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।





