२३ वर्षीया युवती होटलमा मृत फेला

२०८१ फाल्गुन १६, शुक्रबार

काभ्रे : काभ्रेको बनेपामा रहेको एक होटलमा युवती मृत भेटिएकी छन्। बनेपा नगरपालिका- ८ मा रहेको भ्यू पाहुना घर होटलमा २३ वर्षीया युवती बिहीबार साँझ मृत भेटिएकी हुन्।

मृत भेटिएकी युवती बनेपा नगरपालिका- ६ सुडोल निवासी २३ वर्षीया शर्मीला श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए। ‘होटलको दोस्रो तलामा रहेको कोठा नम्बर ११५ मा उनी मृत भेटिएकी हुन्,’ प्रहरी निरीक्षक कुँवरले भने, ‘दुईवटा बेड भएको रुमको एउटा बेडको बीचमा उनको शव फेला परेको हो। हामी थप अनुसन्धानमै छौँ।’

युवतीसँगै होटलमा गएका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट निस्किएको देखिएको उनले बताए। ‘ती युवक अहिले फरार छन्। हामी उनको खोजीमा छौँ,’ इन्सपेक्टर कुँवरले भने। प्रहरीले उनकाे नाम खुलाएकाे छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार