काठमाडौं : पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन्।
विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गर्दै उनले भने, ‘अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु।’
आज बूढानीलकण्ठमा बसेको कांग्रेस बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘मैले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकासका काम गरेँ।’





