पूर्वयुवराज पारसलाई वार्डमा सारियो

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं : हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ। उनको अवस्थामा सुधार आएको र प्राइभेट वार्डमा सारिएको अस्पतालका प्रवक्ता अजय मिश्राले बताए।

आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । उनको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ। अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा थोरै सुधार आएपनि अझै केहिदिन अस्पतालमै राखिनेछ ।

पारसलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार