काठमाडौं : बुधबार पनि सेयर बजार घटेको छ। साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा रोकिएको छ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से ३०.३६ अंकले घटेको थियो। बुधबार सूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ। आज नेप्सेमा कुल १० अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर छ।





