स्वास्थ्य सचिवमा डा. देवकोटा नियुक्त

२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। डा. देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए। स्वास्थ्य सचिव डा. रोशन पोखरेलले १२ फागुनबाट अनिवार्य अवकास पाएपछि तीन जनाको नाम सिफारिस भएको थियो।

डा. देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा संगिता मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस भएका थिए। सिफारिसमा परेका तीन जनामध्ये मन्त्रिपरिषदले दाङ जिल्लाका डा देवकोटालाई सचिवमा नियुक्त गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार