पोखराबाट सरकारको सवारी हुँदै छ, भव्य स्वागत गरौँ: मनीषा कोइराला

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज विमानस्थलमा भव्य स्वागत गर्न अपिल गरेकी छन् । पूर्वराजालाई ‘सरकार’ सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमामार्फत यस्तो आग्रह गरेकी हुन् ।

फेसबुकमा मनिषा लेख्छिन्, ‘आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ ।’

मनीषा कोइराला आफूलाई कट्टर गणतन्त्रवादी भन्ने कांग्रेसजनका ‘आदर्श पुरुष’ बीपी कोइरालाका नातिनी हुन् । उनले पछिल्लो समय राजसंस्थाको वकालत गर्दै आएकी छन् । आइतबार पोखराबाट आउन लागेका पूर्वराजा शाहलाई राजावादी राजनीतिक दल एवं विभिन्न समूहले भव्य स्वागत गर्दैछन् । हजारौँको भिँड जम्मा हुने भएकाले काठमाडौँको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार