काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एकअर्कालाई चोख्याएर पखाल्दा लोकतन्त्रमा मैलो देखिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै दाहालले सो कुरा बताएका हुन्।
‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा । तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैले लोकतन्त्रमा देखियो’, दाहालले भने, ‘हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।’





