गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

२०८१ चैत्र १, शुक्रबार

काठमाडौं : नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई लागूऔषध कारोबारसम्बन्धी मुद्दामा सजाय तोकिएको छ ।

बिहीबार जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनलाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसअघि २१ फागुनमा अदालतले गुप्तासहित नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दोषी ठहर गरेको थियो ।

धोबी भने २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले रामा गुप्ता र जितेन्द्र पासवानलाई भने सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार