विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित

२०८१ चैत्र १, शुक्रबार

काठमाडौँ : पहाडको नजिकै लगेर विमान उडाएको आरोपमा पाइलटलाई निलम्बन गरिएको छ । बेलायतबाट इजिप्टका लागि उडेको विमान एउटा पहाडको नजिकै उडेको पाइएपछि पाइलटलाई यस्तो कारबाही गरिएको हो । इजीजेट एयरलाइन्सको उक्त विमानलाई पाइलट पल एल्सवर्थले उडाएका थिए । उक्त घटना फेब्रुअरी २ मा भएको बताइएको छ ।

एयरबस ३२० इजिप्टको विमानस्थलमा अवतरण गर्न लाग्दा ककपिटमा ग्राउन्ड प्राक्सिमिटी वार्निङ सिस्टम सक्रिय भएको बताइएको छ, जो
अधिकारीहरूका अनुसार पहाडको नजिक पुगेका कारण विमानको सुरक्षा फिचर एक्टिभ भएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार विमान ३ हजार १०० मिटरको उचाइमा उडिरहेको भए पनि पहाडको टुप्पोबाट ७७१ फिटमात्र माथि थियो । सामान्यतया उक्त पर्वत शृङ्खलामा विमानलाई ६००० फिटको उचाइमा उडाउनु पर्दथ्यो ।

सेक्युरिटी फिचर एक्टिभ हुनुअघि विमान प्रतिमिनेट ४ हजार ९२८ फिटको दरमा तल झरिरहेको अनुसन्धानबाट पत्ता लागेको छ । यसबारेमा पाइलट पल एल्सवर्थले नै जानकारी गराएको बताइएको छ । त्यसपछि उनलाई उक्त विमान बेलायत फर्कने उडानको नेतृत्व गर्नबाट रोकिएको थियो भने एक यात्रीका रूपमा उनी बेलायत फर्किएको बताइएको छ । पाइलटलाई निलम्बन गरी थप छानबिन भइरहेको अधिकारीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार