काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन्। उनले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत माग गरे। उनले मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहको बताए। उनले जिल्लाभित्र मात्र बसाईंसराई गर्न पाउने कानून बनाउन जरुरी रहेको समेत बताए। उनले मोबाइल लगायतका प्राविधिक उपकरणहरु देशभित्रै उत्पादन गर्ने प्रबन्ध मिलाउनका लागि नयाँ पुस्तालाई उचित शिक्षा दिनुपर्ने समेत बताए।
उनले भने, ‘बिना बिल उपभोत्ता अदालतमा उजुरी दिन नपाइने हुँदा अनिवार्य बिल लिने दिने व्यवस्थामा सरकारको पहल हुनु जरुरी छ । उपभोक्ताको मुद्दा सरकारले सित्तैमा लडिदिनु आवश्यक छ । गाउँगाउँमा सडक पुग्यो, हातहातमा मोबाइल तर सन्तुलित विकास नहुँदा गाउँका बस्ति प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको छ। नेपालमा मोबाइल मर्मत हुने हुदैन । बसाई सराई जिल्लाभित्र मात्र हुन पाउने कानून बनाएर देशको सन्तुलित विकास गर्न र मोबाइल लगायत आईटी उपकरण नेपालमै निर्माण गर्नको लागि नयाँ पुस्तालाई शिक्षा प्रदान गर्नु जरुरी छ । जनताका प्रतिनिधि र सरकारका अधिकारीहरु आफ्नो आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकास गर्न जरुरी छ ।’





