खेलकुमन्त्री मन्त्री चौधरीलाई पार्टी कार्यालयमै कार्यकर्ताको कालोझण्डा

२०८१ चैत्र ७, बिहीबार

काठमाडौं : खेलकुदमन्त्री तेजुलाल चौधरीलाई आफ्नै पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका छन्।

सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूले नै मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै राजीनामा माग गरेका हुन् । ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन् । उनीहरूले ‘खेलकुदमन्त्री मुर्दावाद, नालायक मन्त्री मुर्दावाद’ को नारा लगाएका थिए । संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए ।

कांग्रेसको खेलकुद विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरी बिहीबार पार्टी कार्यालय पुगेका बेला उनीहरूले विरोध गरेका हुन् । उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार