गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

२०८१ चैत्र ७, बिहीबार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सल्टेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।

केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको हो । यसअघिका निर्देशकले राजीनामा गरेपछि रिक्त पदमा नियुक्त यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १०औँ तहमा कार्यरत छन् ।

यसअघि डा. यादवले जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार