भारतीय पक्ष सरकार परिवर्तन गर्ने आशयमा छैन : परराष्ट्रमन्त्री राणा

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौँ : परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन् ।

भारतीय भ्रमण सकेर शुक्रवार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष अहिलेको व्यवस्थाविरुद्ध नरहेको आफूले पाएको बताएकी हुन् ।

‘भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ’, नेपालमा राजावादीहरूको चलखेल बढिरहेको प्रसङ्गमा उनले भनिन्, ‘अहिलेको सरकारसँग भारतीय पक्ष  जोडिरहनुभएको छ । सरकार नै परिवर्तन गर्ने, व्यवस्था न परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार