राप्रपा नेपालका प्रवक्ता अधिकारीको निधन

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं : राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको उपचारका क्रममा संयुक्त अधिराज्य अमेरिकामा निधन भएको छ।

‘राष्ट्रवादी विचार राख्ने अधिकारीको निधनले पार्टी र राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको छ’ पार्टीले भनेको छ। २०१३ सालमा संखुवासभामा जन्मिएका अधिकारीका एक छोरा, एक छोरी र श्रीमती छन्। उनको निधनमा दुख व्यक्त गर्दै पार्टीले केन्द्रीय कार्यालय र देशभरका कार्यालयमा ३ दिन झन्डा झुकाउने र १३औं दिनमा शोक सभा गर्ने निर्णय गरेको छ।

अधिकारीको शवको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार