भ्यान दुर्घटनामा महिलाको मृत्यु, चालक घाइते

२०८१ चैत्र १०, आईतवार

स्याङ्जा : वालिङ नगरपालिका-६ माझकोटमा भ्यान दुर्घटना हुँदा महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

मृत्यु हुनेमा वालिङ-७ की ४८ वर्षीया दिलसरा आले रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार चालक २८ वर्षीय सुरज थापा घाइते अवस्थामा भेटिएका थिए। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा सामान्य उपचारपछि पोखरा रिफर गरिएको छ।

वालिङ-चापाकोट भित्री सडकखण्डमा आइतबार ग १ ज ७५११ नम्बरको विङ्गर भ्यान सडकबाट करिब १ सय ५० मिटर तल खसेको र दुर्घटनाको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार