प्रधानमन्त्री ओलीले हिन्दु गणतन्त्रमा जान जोड गरिराख्नुभएको छ : सुदन किराती

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु गणतन्त्रको निम्ति जोडबल गरिराखेको टिप्पणी गरेका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीको विगत र वर्तमानको गतिविधिले उनी हिन्दु गणतन्त्रको पक्षमा रहेको पुष्टि गर्ने बताएका हुन् । प्रधानमन्त्री ओली, उनको दल एमाले र नेपाली कांग्रेसको पछिल्ला गतिविधिले राजतन्त्रवादीको अराजकतामा मलजल गरिरहेको नेता किरातीको दाबी छ । प्रधानमन्त्री ओलीले अझ सडकमा अराजकता बढोस् भन्ने चाहना राखेको पनि उनको आशंका छ ।

‘उहाँ हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति बल गरिराख्नु भएको छ । उहाँले गणतन्त्रको लागि नेपालमा आन्दोलन चलिरहँदा नेपालमा सम्भव छैन भनेको र पछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपीवद्ध गर्दा पनि हावाहुरीको कारणले गरेको हो । यो हुनेवाला थिएन भनेर उहाँले भन्नुभएको थियो । हिजोको पृष्ठभूमि र आजको गतिविधिलाई जोड्दाखेरी त्यही कुरा प्रमाणित हुन्छ । राजतन्त्रवादीहरु नविन सम्झौता गरौं भनिराखेका छन् । नेपाली कांग्रेसको तर्फबाट संविधानको संशोधनको नाममा गरिएको नौटंकी अर्थात् प्रतिवेदनमा हिन्दु गणतन्त्र भनेर लेखिएको छ,’– नेता किरातीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार