७.७ म्याग्निच्युडको भूकम्पको धक्का

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौं : शुक्रबार म्यानमार (बर्मा) र थाइल्याण्डमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको तीव्रता ७.७ थियो।

समाचार एजेन्सी एपीका अनुसार अमेरिकी भूगर्भ सर्वेक्षण र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले भूकम्पको केन्द्रबिन्दु म्यानमारमा रहेको बताएका छन्। एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ र त्यहाँका धेरै भवनहरू खाली गराइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले यसको परिमाण ७.७ रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार