काठमाडौं : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।
चौधरीले शनिबार मुख्यमन्त्री कमल बहादुर शाहलाई राजीनामा बुझाएका छन्। आर्थिक लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि मन्त्री चौधरी विवादमा तानिएका थिए।
विवादमा तानिएपछि छानविनका नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरेको पत्रकार सम्मेलनमा चौधरीले बताए।





