अब राजसंस्था पुनःस्थापनाका लागि जारी आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने

२०८१ चैत्र १७, आईतवार

काठमाडौँ : राजसंस्था पुनःस्थापनाको माग गर्दै जारी आन्दोलनको नेतृत्व अब नेपाल ऋषि जगमान गुरुङले गर्ने भएका छन्।
तीनकुनेमा शुक्रबार भएको राजसंस्था पुनःस्थानाको आन्दोलन हिंसात्मक बनेपछि त्यसको नेतृत्व गरिरहेका नवराज सुवेदीलाई सरकारले नजरबन्दमा राखेपछि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्व अब गुरुङले गर्ने भएका हुन्।

संयोजक सुवेदीले आइतबार एक विज्ञप्ति निकाल्दै उक्त जानकारी दिएका हुन्। उनले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार