बालेनले हुलाकबाट पठाए ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र

२०८१ चैत्र १७, आईतवार

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौँ महानगरले हुलाकमार्फत पठाएको छ । महानगर प्रहरी बल राजु पाण्डेले ज्ञानेन्द्र शाहको जरिवाना पत्र आइतबार दिउँसो हुलाकमार्फत पठाएको पुष्टि गरे ।

उनले भने, शाहको जरिवानाको पत्र बुझ्न निर्मल निवासले मानेन, हाम्रो टोलीलाई भित्र जानै दिएन’, उनले भने, ‘त्यहाँबाट फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ, ।

महानगरले गत शुक्रवार तीनकुने क्षेत्रमा भएको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार