एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

२०८१ चैत्र २०, बुधबार

काठमाडौं : एन आई सी एशिया बैंकले आफ्ना ग्राहकले तथा इसेवा वालेट प्रयोगकर्ता महानुभावहरुलाई बैंकिङ्ग कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले मुलुकभर रहेका यस बैंकका एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको शुरुवात गरेको छ ।

मुलकभर रहेका यस बैंकका ६७० एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिन्छ । यसको निम्ती सबैभन्दा पहिला इसेवा एप लगिन गरेर फाइन्यान्सिएल पेमेन्टअन्तर्गत रहेको एटिएम विथड्रलमा एन आई सी एशिया बैंक छनौट गर्नुपर्छ । अब दिएको निर्देशनअनुसार रु. १०००, रु. २०००, रु. ३०००, रु. ४००० र रु. ५००० रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नु पर्छ ।

त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटिपी कोड प्राप्त हुनेछ । अब एन आई सी एशिया बैंकको एटिएममा रहेको कार्डलेस विथड्रल अप्सनमा गएर अदर कार्डलेस र त्यसपछि इसेवा छनौट गर्नुपर्छ । यसअघि मोबाइल नम्बरमा प्राप्त ओठिपी कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ ।

हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार