काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।
कम्पनीको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको हो। सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।
साथै तोकिएको म्याद भित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।





