काठमाडौँ : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध हजारौँ मानिस सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार ट्रम्पविरुद्धका प्रदर्शन अमेरिकाका धेरै सहरमा भएका छन्।
प्रदर्शनकारीले ट्रम्पले अपनाएका नीतिको विरोध गरेका छन् भने कतिपयले हातमा भन्सार महसुल हटाउन माग गरिएका पोस्टर बोकेका छन्।दोस्रोपटक राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी जनताले प्रदर्शन गरेको यो पहिलोपटक हो।
अमेरिकाका सबै ५० राज्यका करिब १२ सय स्थानमा विरोध प्रदर्शन भइरहेका छन्।





