इङ्लिस प्रिमियर लिग : लिभरपुल फुलहामसँग ३–२ ले पराजित

२०८१ चैत्र २५, सोमबार

काठमाडौँ : इङ्लिस प्रिमियर लिगमा लिभरपुलको २६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

आइतबार राति क्रेभेन कटेजमा फुलहामसँग ३–२ ले पराजित भएपछि प्रिमियर लिगमा लिभरपुलको २६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको हो। पहिलो हाफको १४ औँ मिनेटमा एलेक्सिस म्याक्स एलिस्टरको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको २३ औँ मिनेटमा रायन सेसेग्नोनले गोल गर्दै फुलहामलाई बराबरीमा ल्याएका थिए।

पहिलो हाफको ३२ औँ मिनेटमा एलेक्स इवोबीको गोलमा फुलहामले अग्रता दोब्बर पार्‍यो। ३७ औँ मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै पहिलो हाफमा नै फुलहामलाई ३–१ को अग्रता दिलाए।

पहिलो हाफमा नै पछि परेको लिभरपुलले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन। खेलको ७२ औँ मिनेटमा लुइस डियाजको गोलमा लिभरपुल खेलमा फर्कने प्रयास गरेको थियो। तर त्यसपछि कुनै गोल हुन नसक्दा हार भोग्न बाध्य भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार