राष्ट्र बैंकले आज थप ३५ अर्ब रुपैयाँ तान्दै

२०८१ चैत्र २५, सोमबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज सोमबार बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्दै ठूलो परिमाणमा नगद संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले २३ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत रकम तान्ने तयारी गरेको छ। उक्त निक्षेप संकलन उपकरणको बोलकबोल प्रक्रिया आजै दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। यस प्रक्रियामा सहभागिता जनाउन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँसम्म माग राख्न सक्नेछन्। अधिकतम माग गर्दा ५ अर्बको अंक पार नगर्ने गरी कुल माग रकम छुट्याउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले निक्षेप संकलनको साँवा र ब्याज भुक्तानी मिति वैशाख १७ गते तोकेको छ। यद्यपि उक्त उपकरणमा लाग्ने ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार