काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थ हाबी हुने क्रम बढ्दै गएको बताएका छन्। सोमबार (आज) काठमाडौंमा आयोजित ‘हिमालयन संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘अब आइडोलोजीका कुराहरू कमजोर भए, स्वार्थ हाबी भए। उपयुक्त आइडोलोजीलाई कमजोर बनाउनुहुन्न, सम्पूर्ण कुरा स्वार्थ मात्रै होइन, आदर्श पनि हो। तर, आदर्श भन्ने कुरा गौण हुने र स्वार्थ एकतर्फी रूपमा हाबी हुने क्रम बढ्यो,’ उनले भने, ‘स्वार्थ हाबी हुँदैन भन्ने होइन तर, त्यो राष्ट्रिय हुनुपर्यो।’





