काठमाडौं : सरकार परिवर्तनको चर्चाका बिच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएर एक घण्टा छलफल गरेका हुन् । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारले गति लिन नसकेको बताइरहँदा प्रधानमन्त्री ओलीले सभापति देउवासँग छलफल गरेका हुन् । छलफलमा के विषयमा कुराकानी भयो भन्नबारे भने सार्वजनिक गरिएको छैन । यद्पी भेटमा सरकार परिवर्तनको हल्लाबारे दुई नेताबिच गहन छलफल भएको स्रोतले बतायो ।
छलफलमा सरकारलाई थप प्रभावकारी बनाउन राजनीतिक संयन्त्रलाई सक्रिय बनाउने कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नयाँ सरकार बन्ने दाबी गरिरहेका छन् ।





