विन्दा पाण्डेलाई पार्टी जिम्मेवारीमा फर्काउन ओली तयार

२०८२ बैशाख २, मंगलवार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेलाई आलोचनामा समय खर्चन छाडेर पार्टीमा सक्रिय हुन भनेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४० मिनेटको भेटका क्रममा अध्यक्ष ओलीले डा पाण्डेलाई जिम्मेवारी दिन तयार रहेको तर त्यसका लागि अनुशासनमा बसेर काम गर्नुपर्ने सर्त राखेका छन्। काठमाडौँको कीर्तिपुरमा एमालेले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गा दानमा लिएर केन्द्रीय कार्यालय भवन बनाउन लागेपछि गरेको टिप्पणीका कारण ओलीले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए।

गत पुस १० गते बसेको सचिवालय बैठकबाट डा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई निलम्बन गरिएको थियो। त्यही बैठकले पूर्वउपाध्यक्ष डा भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाला गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार