राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान

२०८२ बैशाख ३, बुधबार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकले संसद् बैठक आह्वानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् अधिवेशन बोलाइएको हो।

काठमाडौंमा जारी शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० तत्काल पारित गर्न सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार