ओली सरकार आफ्नो बोझ थाम्न नसकेर ढल्ने प्रचण्डको दाबी

२०८२ बैशाख ५, शुक्रबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार आफ्नै बोझ धान्न नसकेर ढल्ने दाबी गरेका छन् ।

पछिल्लो समय सरकार ढल्ने दाबी गरिरहेका दाहालले आज कपिलवस्तुका बहादुरगञ्जमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै यस्तो दाबी दोहोर्याएका हुन् । सो क्रममा उनले अहिलेको सरकार भ्रष्टाचारमा डुबेकोपनि गम्भीर आरोप लगाए । उनले भने,‘यो सरकार भ्रष्टाचारमा डुबेको छ ।

अहिले सरकारकै मन्त्रीहरू असन्तुष्ट भएका छन् । सरकारले आफ्नो बोझ आफैं सम्हाल्न नसक्ने अवस्थामा पुगेको छ ।’ उनले अहिलेको सरकारलाई बिचौलियाले चलाइराखेको पनि आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार