काठमाडौं : नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायब निरीक्षक (सई) पदमा २०८ जना प्रहरी सहायक निरीक्षकलाई बढुवा सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालस्थित बढुवा समितिको २०८२ वैशाख १२ गतेको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम यो सिफारिस गरेको हो ।






