काठमाडौं : नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाविरुद्ध अदालत अवहेलना मुद्दा दायर भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले डिल गरेको अभिव्यक्ति दिएपछि थापाविरुद्ध अवहेलना मुद्दा दायर भएको हो । थापाको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता विशाल थापालगायतले आज अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।
थापाको मुद्दा सुनुवाइका लागि मंगलबारलाई पेशी तोकिएको छ ।





