काठमाडौं : विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई प्रति सेयर १०० रूपैयाँ अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्काशनका लागि अनुमति पाएको हो । बोर्डले कम्पनीलाई वैशाख १५ गते स्वीकृति दिएको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।





