मौसमविद्को अध्ययन: राति पहाडी क्षेत्रमा वर्षा, आइतबार अझ व्यापक

२०८२ बैशाख २०, शनिबार

काठमाडौँ : आज शनिबार राति पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यस्तै देशका हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ//हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।

मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार