दाहाललाई योगेशको चेतावनी: सिसाको घरमा बसेर अर्काको घरमा ढुङ्गा नहान्नुस्

२०८२ बैशाख २३, मंगलवार

काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुङ्गा नहान्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्। मङ्गलवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद भट्टराईले यस्तो चेतावनी दिएका हुन्।

‘विपक्षी दलको नेताले सार्वजनिक मञ्चमा र यहाँ पनि पटक पटक भन्नुहुन्छ। यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया,’ भट्टराईले भने, ‘मलाई यत्ति भन्नु छ सिसाको घरभित्र बसेर अर्काको घरमा ढुङ्गा हान्ने मूर्खता नहोस्।’

धारा ७६ को २ अनुसार प्रधानमन्त्री बनेका दाहालले धारा ७६ को २ अनुसार नै बनेको केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक भन्ने हास्यास्पद व्याख्या गरिरहेको उनले बताए।

‘होला सरकारबाट हट्नुपरेका केही असन्तुष्टि होलान् त्यसप्रति त हाम्रो सहानुभूति छ। त्यो भन्दा बाहेक के भन्न सक्छौँ र?,’ भट्टराईले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार